बैतडी । सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या छ लाख एक हजार ५१८ पुगेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
यस्तै कञ्चनपुरमा एक लाख सात हजार १६३, बैतडीमा ५७ हजार ६८, अछाममा ५५ हजार ९४८, बझाङमा ४६ हजार ७२४, डोटीमा ४५ हजार ४२३, दार्चुलामा ३८ हजार ६५५, डडेल्धुरामा ३० हजार ९९३ र बाजुरामा २४ हजार १८३ व्यक्तिले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन्।
यस्तै कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५२६, डोटीमा ३१ हजार ३८९, अछाममा ३० हजार ६७०, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार ४४८ र डडेल्धुराका १२ हजार १६२ ले पूर्ण खोप पाएका छन्। यहाँका नागरिकलाई कोभिशिल्ड, स्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन खोप लगाइएको हो। प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको जनाइएको छ।


















