विभिन्न स्थानमा डुबेर मृत्यु

79

काठमाडौं । सर्लाहीकाे धनकौल गाउँपालिका-५ बस्ने भारत सितामाडी ग्राम कनौल घर भएका रमेश साहकी छोरी ४ वर्षीया खुशी कुमारी साहको सोही ठाउँस्थित जन्ता मावि विद्यालय नजिक खेल्ने क्रममा नहरमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

बाग्लुङकाे बागलुङ नगरपालिका-१० भकुण्डे बस्ने मान बहादुर बुढाथोकीको छोरा ८ वर्षीय एलस बुढाथोकीको पोखरीमा डुबेर आइतबार बिहान मृत्यु भएको छ । घरदेखि १ सय मिटर टाढा धौलेचौरस्थित पोखरीमा पौडिने क्रममा डुबेर अशक्त भएका उनको धवलागिरी अस्पताल बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here