जादुमय स्वरका धनि ‘सरिता बाजेको’ निधन

58
बनेपा । जादुमय स्वरका धनि सरिता बाजेको गायकी उपनामले चर्चित बनेका अर्जुनप्रसाद पौडेलको निधन भएको छ ।
पौडेलको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ ।
काभ्रेपलाञ्चोक पाँचखालका पौडेललाई ज्वरो आएपछि शुक्रबार बिहान धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो।
उनको उपचारका क्रममा दिउँसो निधन भएको हो।
सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएपछि पौडलले केही गीतहरू गाएका थिए । ५५ वर्षीय पौडेलको जहानसहित उहाँका दुई जना छोरा रहेका छन् ।
शुक्रबार पाँचखालमा उनकाे अन्तिम संस्कार गरिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here