काठमाडौं । क्राइम थ्रीलर चलचित्र ‘११ः५५ – डु नट ट्रस्ट एनिवन’को टिजर सार्वजनिक भएको छ ।
करिब १ मिनेट ३४ सेकेण्डको टिजरमा लभ, रोमान्स, धोका र बदलाको कथा समेटिएको छ ।
कथावस्तु त खुलाइएको छैन तर, घटना हुनु पछाडि कुनै रहस्यले काम गरेको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी, सागर खनाल टिजरमा देखिएका छन् ।
अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको नृत्य, देव महर्जनको द्वन्द्व, राजेन्द्र मोक्तानको रङ, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युम्न मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनर छन् ।



















