म्यान्मारमा विवादित बौद्ध भिक्षु अशीन विराथुलाई रिहा

110

काठमाडौं । म्यान्मारको सैन्य सरकारले विवादित बौद्ध भिक्षु अशीन विराथुलाई रिहा गरेको छ। विराथु राष्ट्रवादी र मुस्लिम विरोधी पहिचानले परिचित छन्।

यसअघि उनीविरुद्ध नागरिक सरकारले राजद्रोहको मुद्दा चलाएको थियो। फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएपछि नागरिक सरकार विस्थापित भएको थियो। भिक्षुलाई सैन्य समर्थितको रुपमा लिइएको छ।

मुसलमान र खासगरेर रोहिंग्या समुदायलाई निशाना बनाइएर उनले गरेको भाषणका कारण उनलाई ‘बुद्धिस्ट बिन लादेन’ नाम दिइएको थियो। विगत केही वर्षमा उनी सेना समर्थित र्‍यालीम देखिने गरेका थिए र त्यहाँ उनले राष्ट्रवादी भाषण गरेर म्यान्मारकी नेतृ आङ् साङ सूची र उनको तत्कालीन सरकार नेशनल लीग फर डेमोक्रेसीको आलोचना गरेका थिए।

सन् २०१९ मा उनीमाथि नागरिक सरकारविरुद्ध घृणा र अपमान गरेको आरोपमा मुद्दा चलाइएको थियो।  विराथु यसपछि फरार भएका थिए तर गत वर्ष नोभेम्बरमा उनले प्रशासन समक्ष  आत्मसमर्पण गरेका थिए।

सोमबार सैन्य सरकारले उनी विरुद्ध सबै आरोपहरु हटाइएको जनाएको छ तर कारणबारे भने केही उल्लेख गरिएको छैन

उनको सैन्य अस्पतालमा उपचार जारी रहेको सैन्य सरकारले जनाएको छ तर उनको स्वास्थ्य अवस्थाबारे केही जानकारी गराइएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here