फातिमाको टोलीलाई कालोझण्डा देखाउन खोज्ने पन्ध्र पक्राउ

63

काठमाडौं  । नेपालको चार फिने भ्रमणमा रहेकी  एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

बिहिवार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किने क्रममा फातिमाको टोलीलाई एमसीसीको विरोधमा रहेका समूहले कोटेश्वरमा कालोझण्डा देखाउने प्रयास गरेको थियो ।

प्रहरीका अनुसार सोही क्रममा नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न दल र संगठनमा आबद्ध १५ जनालाई पक्राउ गरिएको हो ।

यसैगरी पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । यसैबीच पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै कोटेश्वरमा अर्क प्रदर्शन पनि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here