जस्टिन बेबिबरर आवर वर्ल्ड अक्टोबरमा

79

काठमाडौं । गायक जस्टिन बिबरमाथि बनेको डकुमेन्ट्री ‘जस्टिन बेबिबररः आवर वर्ल्ड’ अक्टोबरमा ८ मा अमेजोन प्राइममार्फत् विश्वभर प्रदर्शन हुने भएको छ। माइकल डि रेट्नरले निर्देशन गरेको डकेमेन्ट्रीमा जस्टिनको जीवनका घटनाक्रमलाई प्रस्तुत गरिएको छ।

अमेजोन प्राइमले बुधबार डकुमेन्ट्रीको घोषणा गर्दै यो डकुमेन्ट्री जस्टिनको आन्तरिक जीवनमाथिको खुलासासहित उत्साहजनक रहेको बताएको छ। डकुमेन्ट्रीमा पछिल्लो तीन वर्ष यता भएका जस्टिनका कन्सर्टलाई पनि समावेश गरिएको छ।

२७ वर्षीया जस्टिन युवापुस्तादेखि नै निकै चर्चित गायकमा पर्छन्। सबैभन्दा सानो उमेरमा निकै चर्चा पाएका र धेरै आम्दानी गर्ने गायक पनि हुन् उनी। डकुमेन्ट्रीमा उनको सांगीतिक पक्षसँगै उनको समूहले गर्ने अभ्यास, जस्टिनको पारिवारिक जीवनलगायतका सबै कुरालाई देखाइएको छ। ८ अक्टोबरमा डकुमेन्ट्री विश्वभरका २४० देशमा प्रदर्शन हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here