भेनस चलचित्र महोत्सवमा ‘ह्यापनिङ्ग’ जित्यो मुख्य पुरस्कार

59

एजेन्सी । अवैधानिक गर्भपतनको विषयमा बनेको चलचित्रले प्रतिष्ठित भेनस चलचित्र महोत्सवमा मुख्य पुरस्कार जितेको छ। ‘ह्यापनिङ्ग’ सन् १९६० को दशकमा फ्रान्समा हुने गरेको अवैधानिक गर्भपतनको बारेमा आन्ड्रे दिवानले चलचित्र निर्देशन गरेकी हुन्।

आफ्नो पढाइ पूरा गर्नको लागि एक महिलाले गर्भपतन गराउन चाहेको सेरोफेरोमा चलचित्र कथा बनेको छ। अवार्ड ग्रहण गर्दैगर्दा दिवानले भनिन्, ‘मैले यो चलचित्रमा रिस, चाहना, मेरो पाठेघर, मेरो हिम्मत मेरो मुटु र मेरो दिमागसहित काम गरेकी हुँ।’ यो चलचित्र टेक्सासमा ‘६ हप्ताभन्दा पछि गर्भपतन गर्न प्रतिबन्ध’ लगाइएको विवादास्पद कानुन आएपछि प्रदर्शनमा आएको थियो।

विजेता चलचित्र ‘ह्यापनिङ’ आत्मकथामा आधारित उपन्यासमा आधारित चलचित्र हो। एनि एनाउ लिखित यो उपन्यासमा पढाइ निरन्तरताको लागि गर्भ पतन गराउन चाहने युवतीको कथा छ, जो अवैधानिक रुपमा गर्भ पतन गराउन चाहन्छिन्, यसको नतिजा मृत्यु अथवा जेल सजाय भएपनि उनी तयार छिन्। जुरी प्रमुख बोङ जोन हो ले यो यो चलचित्रलाई अवार्डको लागि छनौट गरेका हुन्। बोङ प्यारासाइट चलचित्रका निर्देशक हुन्।

महोत्सवको दोस्रो विजेता इटालियन निर्देशक पाओलो सोरेनटिनोले ‘द ह्यान्ड अफ गड’ ले प्राप्त गरेको छ। यो चलचित्र निर्देशकले नेपल्सको दक्षिणी क्षेत्रमा आफ्नो युवा अवस्था बिताएको बारेमा बनाइएको छ। विश्वकै सबैभन्दा पुरानो चलचित्र महोत्सवको ७८ औँ संस्करण शनिबार राति सम्पन्न भयो। महोत्सवको अन्तिम साँझ विश्वप्रसिद्ध कलाकारहरु ‘रेड कार्पेट’मा हिँडेका थिए।

यो समारोह पछिल्लो वर्ष आयोजना गरिएको भन्दा फरक थियो। महोत्सवमा उपस्थित पाहुनाहरुलाई स्क्रिनिङको समयमा माक्स अनिवार्य लगाउनु पर्ने थियो र कोरोना भाइरस महामारीको कारण अगाडिको आधा सिट खाली छोडिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here