बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन फिर्ता लिन अनुरोध

45

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन फिर्ता लिन अनुरोध गरेको छ ।

मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनरत पक्षले उठाएका माग पूरा गर्ने प्रक्रिया अगाडि बढाइसकेको भन्दै आन्दोलन फिर्ता लिन अनुरोध गरेको हो ।

मन्त्रालयले प्रेस विज्ञप्तिमा प्रतिष्ठानका पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने, मन्त्रालयको तर्फबाट गरिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न प्रयास गर्ने जनाएको छ ।

त्यस्तै प्रतिष्ठानमा भएको भ्रष्टाचारबारे अख्तियारले सबै कागजात लिइसकेको तथा उच्चस्तरीय छानबिन आयोग सिनेट बैठकबाट नै गठन गरिने भन्दै आन्दोलन स्थगित गर्न अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here