काठमाडौं । काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा बा.प्र ०२-०४९ प २६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काठमाडौं जडिबुटी बस्ने काभ्रे खानीखोला गाउँपालिका-१ घर भएका ५० वर्षीय शार्कीमान लोप्चनको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी, रामगोपालपुर नगरपालिका-५ स्थित सडकमा औरहीबाट रामगोपालपुरतर्फ आउँदै गरेको प्र.२-०२-००४ प ८२४६ नम्बरको मोटरसाइकलले लु.प्र ०१००१ प २७३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिई सोमबार साँझ दुर्घटना हुँदा प्र.२-०२-००४ प ८२४६ नम्बरको मोटरसाइकल चालक बलवा नगरपालिका-७ बनौटा बस्ने ३५ वर्षीय राजिव झाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जनाको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको छ । हाल फरार लु.प्र ०१-००१ प २७३१ मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कैलाली, गौरीगंगा नगरपालिका-१ गोप्कास्थित सडकमा से.६ प ६२७९ नम्बरको मोटरसाइकल र बा.९५ प ९२५२ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका से.६ प ६२७९ नम्बरको मोटरसाइकल चालक जानकी गाउँपालिका-८ पालबजार बस्ने २० वर्षीय निर्मल चौधरी र बा.९५ प ९२५२ नम्बरको मोटरसाइकल चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-७ बस्ने २६ वर्षीय चिरन्जिबी मल्लको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापा, कमल गाउँपालिका-५ मंगलबारेस्थित सडकमा गौरादहबाट दमकतर्फ जाँदै गरेको मे.८ प ७१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार दमक नगरपालिका-७ बस्ने ३१ वर्षीय राजन लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दमक लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
धनुषा, मिथिला नगरपालिका-२ नक्टाझिजस्थित सडकमा जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको प्र.२-०२-००३ प ८३११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक गणेशमान चारनाथ नगरपालिका-१ छगडिया बस्ने २७ वर्षीय सत्य नारायण यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















