होटलमा आगलागी हुँदा रु २० लाखको क्षति

134

झापा/ एक होटलमा आगलागी हुँदा करीब रु २० लाख बराबरको क्षति भएको छ ।

आज बिहान ५ः३० बजेतिर दमक–५ मा रहेको मुगा होटलमा अचानक पार्टी हलमा आगलागी हुँदा करीब रु २० लाख बढी मूल्यको क्षति भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिनुभयो ।

आगलागीबाट हलमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । आगलागी प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here