एशियन कप छनौटका लागि एन्फाले खेलाडीलाई प्रशिक्षणमा बोलायो

77

काठमाण्डौं । एएफसी अण्डर २३ एशियन कप छनौट प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि ४८ जना खेलाडीलाई बल्ल प्रशिक्षणमा डाँकेको छ ।

एन्फाले प्रशिक्षक बालगोपाल महर्जनको सिफारिसमा शनिबार ४८ जना खेलाडीलाई एएफसी अण्डर २३ एशियन कप छनौट प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा बोलाएको हो ।

नेपालले कार्तिक ८ गतेबाट ताजिकिस्तानमा एएफसी अण्डर २३ एशियन कप छनौट प्रतियोगितामा सहभागिता जनाउनेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका ७ जना खेलाडीहरु हाल साफ च्याम्पियनसिपका लागि सिनियर टोलिमा रहेका छन् । उनीहरु साफ च्याम्पियनसिप पश्चात अण्डर २३ को बन्द प्रशिक्षणमा सहभागि हुनेछन् ।

नेपाली राष्ट्रिय सिनियर टोलि अहिले साफ च्याम्पियनसिप तयारीका लागि कतारको दोहामा प्रशिक्षण गरिरहेको छ ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपस असोज १५ गतेबाट शुरु हुनेछ ।

नेपाल एएफसी अण्डर २३ एशियन कप छनौट प्रतियोगिताको समूह बी मा रहेको छ । यस समूहमा नेपालसँगै ईरान, लेबनान र ताजिकिस्तान रहेको छ ।

बन्द प्रशिक्षण भदौ २८ गते सोमबारबाट शुरु हुनेछ ।

बन्द प्रशिक्षणका निमित बोलाईएका खेलाडी :

गोलकिपर: अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, पुजन होणा, अन्जल श्रेष्ठ, सूर्य अधिकारी, विष्णु केसी, आकाश रानाभाट, रोहित कार्की

डिफेन्डर: सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ्ग, अशिम भुसाल, रणदीप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु, पृथ्वी चौधरी, आदिल हमिद, योगेश गुरुङ्ग, रोशन दोङ्ग, सोनित दाहाल

मिडफिल्डर: नितिन थापा, सुरज ज्यू ठकुरी, आयुष घलन, सेसेहाङ्ग आङ्गदेम्बे, जय गुरुङ्ग, अशोक थापा मगर, दिपेश गुरुङ्ग, अनिल महर्जन, राजीव लोपचन, शिशिर लेखी, रमेश बर्तौला, आकाश बुढामगर, निरन्जन महर्जन, दिपेश आले मगर, रजत तिवारी, रोशन रानामगर, एरिक विष्ट

फरवार्ड: मनीष डाँगी, अभिषेक रिजाल, राजेश परियार, दर्शन गुरुङ्ग, प्रिजन तामाङ्ग, दिनेश हेमजन, रेजिन सुब्बा, बुद्धबल तामाङ्ग, कैलाश लामिछाने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here