तालिवानद्वारा नयाँ शिक्षा नीति सार्वजनिक

79

काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले नयाँ शिक्षा नीति सार्वजनिक गरेको छ । तालिवान सरकाले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको हो ।

सार्वजनिक नयाँ शिक्षा नीतिमा पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिवानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने उल्लेख गरेको छ ।

तालिवानले महिला र पुरुषहरु सँगै बसेर पढ्न नपाउने जनाएको छ । बीबीसीका अनुसार उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने तर पुरुषहरूसँगै बसेर भने पढ्न नपाउने बताएको छ । अफगानिस्तानका विश्वविद्यालयहरुलाई महिला र पुरुष विद्यार्थी पढाइ हुने गरी छुट्याइने छ र इस्लामी ड्रेस कोड लागू गरिने तालिवानको भनाई छ । तालिवानको नयाँ नीतिले महिलाहरु शिक्षाबाट वन्चित हुन सक्ने विश्लेषण पनि भइरहेको छ । किनभने विश्वविद्यालयमा महिला र पुरुष विद्यार्थीहरुलाई अलग—अलग कक्षा सन्चालन गर्ने पर्याप्त स्रोतसाधन छैन ।

यद्यपि हक्कानी भने महिला शिक्षकहरुको संख्या पर्याप्त रहेको दाबी गर्दछन् । कमी भएको स्थानमा दोस्रो विकल्प सोचिने उनले बताए । उनले भने, ‘यो सब विश्वविद्यालयको क्षमतामा निर्भर गर्दछ । पर्दा पछाडिबाट पढाउनका लागि पुरुष शिक्षक वा प्रविधिको सहयोग लिन सक्नेछन् ।’ रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here