सेञ्चुरी बैंककाे रेमिट्यान्स बचतमा अव एक प्रतिशत बढी ब्याज दिने

79

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘Century Remit Premium Account को संचालनमा ल्याएको छ । आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै बैंकले एक हजार न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० % को दरले बैंकले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाएको छ ।

बैंकको अनुसार यस खातामा अन्य बचत खातामा भन्दा १% बढि ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निशुल्क, लकर सेवा, ATM र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ ।

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘Century Remit Premium Account’ खोल्ने सुबिधा लिन सकिने र उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here