नेपाली महिला एसियन कप-२०२२ छनोट खेल्न उज्वेकिस्तानमा पुग्याे

62

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान पुगेका छन् ।  एएफसी महिला एसियन कप-२०२२ छनोट प्रतियोगिताका लागि नेपाली टिम उज्वेकिस्तान पुगेको हो ।

नेपाली टिम टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तानको ताश्केन्त पुगेको हो ।  ताश्केन्त पुगेपछि नेपाली टोलीको कोभिड-१९ को पीसीआरको लागि स्वाब संकलन गरिएको छ ।  पीसीआरको रिपोर्ट नआएसम्म नेपाली टिम होटलमा क्वारेन्टिनमा बस्ने छन् ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।

नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ ।  यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ ।  यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ ।  समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।  एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

नेपाली टिममा  अन्जना राना मगर, अन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना,  हिरा भुजेल, इन्द्र राई, मन्जली योन्जन, निशा थोकर, प्रिती राई, पुजा राना, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंह रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here