काठमाडौं । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा सरकारी खर्च नै रोकिने अवस्था आएको छ । संसद् सुचारू हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसद्बाट पारित गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार आज समयावधि सकिँदै छ । अध्यादेश पनि निष्क्रिय हुने र प्रतिस्थापन विधेयक पनि पारित नभएको अवस्थामा सरकारलाई खर्च गर्ने बाटो बन्द भएको हो ।
प्रतिनिधिसभाले विनियोजन विधेयक पारित गर्न नसकेपछि मंगलवार बसेको संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शर्माले केही समय खर्च नगर्ने अवस्था आए पनि देश चल्ने बताए ।
‘प्रतिस्थापन विधेयक पास नभए पनि देश चल्छ,’ शर्माले भने, ‘कर उठाउने काम रोकिँदैन, त्यसमा विशेष व्यवस्था छ, सरकारी खर्चचाहिँ रोकिने हो ।’ एमालेको अवरोधबीच पनि बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसद्मा पेश भएर मंगलवारै पास हुने अनुमान थियो । तर, उक्त विधेयक पास नभएको अवस्थामा पनि अर्थमन्त्री शर्माले पेश्की बजेट ल्याउन संसद् चलिरहेकाले ल्याउन मिलेन ।
शर्माले संसद् चलिरहेकाले पेश्की अध्यादेश ल्याउन नमिल्ने समेत बताएको आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले खवर लेखेका छन् ।


















