काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको परीक्षा नियन्त्रण महाशाखा बल्खु काठमाडौँले परीक्षाफल प्रकाशित गरेको हो । स्नातक तह दोस्रो सेमेष्टरको नतिजा प्रकाशन गरेको सूचना त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको हो ।
परीक्षाफल प्रकाशित गर्दै त्रिभुवन विश्वविद्यालयले भनेको छ, यस संकायद्वारा २०७८ साल श्रावन महिनामा सञ्चालित स्नातक तह दोश्रो सेमेष्टरको आंशिक र नियमित परीक्षाको परिक्षाफल यस शिक्षाशास्त्र संकायको परीक्षा सञ्चालक समितिको बैठकको निर्णयबमोजिम प्रकाशन गरिएकोले सम्बन्धित सबैलाई सुचित गरिन्छ ।
साथै त्रिभुवन विश्वविद्यालयलेपरीक्षाफल सकेसम्म त्रु’टिरहित ढंगले प्रकाशन गरिएको बताउँदै भु’लवस कुनै त्रु’टि देखिन आएमा कार्यालयको मुल अभिलेख अनुसार स’च्याउने स्पष्ट पारेको छ । मंगलबार प्रकाशित गरिएको नतिाजमा उर्तीण भएकाहरु निम्नानसार रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले यस्तो सूचना जारी गरेको हो । त्रिभुवन विश्वविद्यालयले मास्टर अफ हस्पिटालिटी म्यानेजमेण्ट (एमएचएम) दोस्रो सत्रको नियमित परीक्षा कार्यक्रम–२०२१ को परीक्षा तालिका सम्बन्धि सूचना प्रकाशित गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयले परीक्षा बिहान १२ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने जानकारी दिएको छ । परीक्षा केन्द्रको सम्बन्धमा त्रिविले पछि जानकारी गराइने उल्लेख गरेको छ । असोज ९ गतेदेखि परीक्षा सञ्चालन गर्न लागेको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ ।
साथै त्रिभुवन विश्वविद्यालयले परीक्षा तोकिएको मितिमा कुनै आकस्मिक बिदा पर्न गएमा यस कार्यालयको पूर्वसूचना बेगर परीक्षा स्थगन नहुने स्पष्ट पारेको छ ।
परीक्षाका लागि चाहिने लगबुक, ग्राफ पेपर, चार्ट आदी सामग्री परीक्षार्थीहरु आफैंले ल्याएर केन्द्राध्यक्ष को पूर्वस्वीकृति लिएर प्रयमेग गर्नुपर्छ । प्रवेशपत्र नभएका परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने पनि बताइएको छ ।






















