देउवा सरकारलाई विस्थापित गराैं : नेता भट्टराई

56

काठमाडौं । नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले देउवा सरकार राष्ट्रियताका मुद्दामा चुकेको आरोप लगाएका छन् । सरकार बनेको दुई महिनासम्म पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्नु र विदेशी हस्तक्षेपका विरुद्ध चुइँक्कसम्म नबोल्नु देउवा सरकारको कमजोरी भएको उनको टिप्पणी छ ।

शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्टराईले देउवा सरकारलाई जतिसक्दो जाँडो विस्थापित गरेर एमालेको नेतृत्वमा चुनावमा जानुको विकल्प नभएको जनाए।

नेता भट्टराईले एमसीसीका विषयमा टिकाटिप्पणी गर्ने नागरिकलाई बोल्न नदिनु, सीमा विवाद बल्झदै जानु, विदेशीका कारण नेपालीको मृत्यु हुँदा एक शब्द नबोल्नुले प्रधानमन्त्री देउवालाई पदमा बसिरहने नैतिक आधार नभएको दाबी गरे ।

उनले एमसीसीबारे सरकारको धारणा नआइसकेको उल्लेख गर्दै सत्ता गठबन्धनमा रहेका दलको एमसीसीबारे आधिकारिक धारणा बाहिर ल्याउन समेत माग गरे ।

नेता भट्टराईले पार्टी विभाजन दुःखद् भएको बताउँदै विभाजनले एमाले पार्टीलाई पाँच प्रतिशतमात्र क्षति पु¥याएको दावी गरे । पार्टी विभाजनको असर केन्द्रय नेतृत्वमा केही बढी देखिएपनि स्थानीय र प्रदेश तहमा विभाजनको असर नपरेको दाबी गरे ।

उनले पार्टी विभाजन गरेर एकीकृत समाजवादी पार्टी बनाएका नेता माधव नेपाल एमालेमा फर्कनुको विकल्प नरहेको समेत उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here