काठमाडौं । यार्सागुम्बा लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल गाम्चाबाट काठमाडौं महानगरपालिका(३२ कोटेश्वर बस्ने जुम्ला सिजा गाउँपालिका ६ घर भएका ४६ वर्षीय हरि रावतको साथबाट अन्दाजी ३ किलोग्राम यार्सागुम्बा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
हरि रावतको साथबाट यार्सागुम्बा लुटपाट भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा लुटपाटमा संलग्नमध्ये नवराज र बुद्धराजको कोठाबाट १ किलोग्राम यार्सागुम्बा फेला पारेको हो । थप अनुसन्धानको क्रममा लुटपाटमा संलग्न कृष्णा र पर्वतीलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















