जापानमा आँधीका कारण उडान रद्द

87

टोकियो । आँधीका कारण जापानमा ४९ ओटा उडान रद्द भएका छन् ।

चान्थुमा आएको आँधीका कारण कम्तीमा पाँच जना घाइते भएको बताइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।
जापानको दक्षिणपश्चिमी क्षेत्रका उडान रद्द भएको स्थानीय सञ्चार माध्यमहरूले समाचारमा उल्लेख गरेका छन् ।     आँधीले नागासाकी, फुकुओका, सागा लगायतका क्षेत्रमा असर पारेको अधिकारीहरूले बताए।

आँधी प्रतिसेकेण्ड ३० मीटरको गतिमा आएको थियो । जापानमा आँधी, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण वर्षेनी धनजनको ठूलो क्षति हुने गरेको छ। -एएनआई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here