संसारकै अनौठो होटल, जहाँ ६० हजार सिँढी चढ्नु पर्छ

230

ग्राहकलाई नौलो अनुभुति दिलाउनका निम्ति संसारमा विविध प्रकारका होटेल खुलेका छन् । यस्तै मध्ये एउटा अनौठो होटल चीनमा अवस्थित छ । चीनको येल्लो माउन्टेनमा अवस्थित उक्त होटलमा पुग्नका लागि ६० हजार सिँढी चढ्नु पर्दछ । उक्त चारतारे होटलको नाम जेड स्क्रिन होटल हो । पहाडमा १८३० मिटर उचाईमा रहेको होटलबाट हंगशन पर्वतीय श्रृंखलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । पहाडी क्षेत्रमा १५ सय वर्षभन्दा पनि पूराना सल्लाका रुखहरु रहेका छन् ।

होटलसम्म पुग्नका निम्ति ६० हजार सिँढी मात्र नभइ केबुल कारबाट पुग्न सकिन्छ ।
होटल निकै भव्य तथा सुविधासम्पन्न रहेको छ । त्यहाँ स्पा तथा स्विमिंग पुल समेत छन् ।

होटलमा पुग्नका निम्ति सिँढी चढ्न नसक्नेका निम्ति भरियाले बोकेर पूराउने सुविधा समेत रहेको छ । पहाडमा खोपेर बनाइएको बाटो र त्यसमा रहेका सिँढीहरु चढ्दा निकै डरको अनुभुति पनि हुनसक्छ । यस होटलमा ६५ वटा सुविधासम्पन्न कोठाहरु पनि रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here