दुबै खुट्टा नभएका रुसी नागरिक मनास्लु हिमाल आरोहण

180

काठमाडौं । घुँडाभन्दा तल उनका दुबै खुट्टा छैनन् तर पनि साहासिक काममध्ये मानिने हिमाल आरोहणमा उनी लागिपरेका छन्।

गत वर्ष युरोपकै अग्लो एलब्रस हिमाल (पाँच हजार ६४२ मिटर) आरोहण गरिसकेका रुसी आरोही रुस्तम नवियावले जोखिमपूर्ण हिमालमा मानिने मनास्लु हिमाल (आठ हजार १८३ मिटर) आरोहण गर्ने भएका छन् ।

उनी पर्यटन विभागबाट मनास्लु हिमाल आरोहण गर्ने अनुमती लिई आधार शिविर पुगिसकेका छन्। यो महिनानै उनले मनास्लुको आरोहण गर्ने आयोजक कम्पनी सेभेन समिट ट्रेकका आधार शारीरिकरुपमा अशक्त भए पनि नवियावले आरोहणलाई रोजेपछि विश्व कीर्तिमान कायम हुनेभएको छ । दुई वर्षअघि दुवै खुट्टा नभएका हरि मगरले मेरापिक हिमालको आरोहण गर्नुभएको थियो । मगरले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारी गरेको जनाए।

विर प्रमुख टासिलाक्पा शेर्पाले जानकारी दिए। दुई जना रुसी गाइड र दुई जना शेर्पा गाइडसहित उनी आरोहणमा जाने शेर्पाले जानकारी गराए ।

मनास्लु हिमाल आरोहणका लागि तेस्रो क्याम्पसम्म बाटो निर्माण गरिसकेकाले असोजदेखि आरोहण शुरु हुने कम्पनीहरुले जनाएका छन् ।

हिउँद मौसममा आरोहण हुने यस हिमालमा कोरोना महामारीकै वीचमा पनि ठूलो संख्यामा आरोहण हुनेभएको छ । यस महिना १७ आरोहणदलबाट १३३ पुरुष र ३८ महिला गरी १७१ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here