आईसीसीले अपडेट गरेको नयाँ वरियतामा नेपालको एकदिवसीय र टी–ट्वान्टी वरियता खस्किएको हो ।
एकदिवसीय वरियतामा नेपाल १६ औं स्थानमा झरेको छ । अघिल्लो वरियतामा नेपाल १५ औं स्थानमा रहेको थियो । एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।
यस्तै टी–ट्वान्टीमा नेपाल १४ औं स्थानमा झरेको छ । नेपाल यस अघि १३ औं स्थानमा रहेको थियो ।


















