काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभुषित भएकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री (चुतर्थ) घोषणा गर्नुभएको हो । डेपुटी सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् ।
यसअघि पनि उनले एशियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार ओटा अन्तरराष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छन् । करीब ३ दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजेनश र ग्रामीण बैंकिङमा विशेष दखल राख्ने बैंकर रहेको बताइएको छ ।
यसअघि श्रेष्ठले स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छन् ।


















