काठमाडौं । सानिमा बैंकले दशैंको अवसर पारेर व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च मासिक ब्याजदर प्रदान गर्ने भएको छ ।
असोज १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने बैंकले जनाएको छ ।
त्यसैगरी, खाता खोल्दा पहिलो वर्षका लागि डेबिट क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने पनि बैंकले जनाएको छ ।


















