काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाली सेनाले दिएको राजकीय सलामी पश्चात् कुमारी, भैरव र गणेश मजिपाः लाखे आजु हलचोक आकाश भैरव किलाघ: टोलको देवी नाच अन्तर्गत नचाइने दिप्याखँ भक्तपुरको महाकाली नाचको दर्शन पश्चात् इन्द्र जात्राको दिनको कुमारी रथ जात्रा क्वने याः अर्थात तल्लो टोलको रथ यात्रा सम्पन्न भएको छ।
स्थानीय समय अनुसार दिनको ठिक २:३० बजे सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीको मूल उपस्थिति पश्चात् मूल जात्राको सुरुवात भएको हो। जात्राको मूल दिन गणेश, कुमारी, भैरवको रथलाई प्राचीन कान्तिपुर नगर भित्रको अट्कोनारायण स्थान (चिकंमु) जैसिदेवल लगन भीमसेनथान हुँदै फेरि वसन्तपुर डबलिमा आएर रथयात्र सम्पन्न भएको हो।
इतिहासविद् मदनराम कर्माचार्य र भक्तपुरका संस्कृतिविद् ओम धौमडेलका अनुसार यो पर्वको परम्परा वैदेशिक कालदेखि रहेको र रथ यात्रालाई व्यवस्थित गर्ने प्रक्रिया तत्कालीन मल्लकालिन राजा प्रताप मल्ल लगायत अन्य मल्लकालिन राजा कान्तिपुरका अन्तिम मल्लकालिन राजा जयप्रकाश मल्लको पालामा भएको जनाए।
साेही क्रममा यस दिन ऐतिहासिक रुपले नचाउँदै आइरहेको यस किलाघःटोलको (किलाघ) त्वा: परम्परागत देवी नाच दि प्याखँ जैसिदेगलको दबलीमा प्रस्तुत गरिएको थियो। जुन नाच कुमारी, भैरव गणेशको रथ जैसिदेवल पुग्नासाथ कुमारीको अगाडि सकेसम्म कुमारीको नाच देखाउने परम्परा छ, जुन हालसम्म कायम रहेको यस किलाघ: त्वाका मूल गुरु इन्द्र महर्जनले बताएका छन । यस दिन हनुमानढोका दरबार अगाडि रहेको श्वेत भैरव अगाडि हाथु हायेकिगु अर्थात श्वेत भैरवनाथको प्रसाद स्वरुप जाँड खुवाउने परम्परा छ।
जसमा हालको इन्द्रचोक तत्कालीन नेपालभाषामा ह्वंग जसलाई वंघ पनि भनिन्छ उक्त टोलका गुठीका प्रतिनिधिले मूल :धिमय् बजाउनुपर्ने परम्परा रहेको छ। कुमारी जात्राको अवसरमा भक्तपुर बाट महाकाली नाच मजिपाट लाखे आजु इन्द्रको बहान एरावत हात्ती पुलुकिसीको नाच समेत प्रदर्शन गरियो।
उक्त दिन ऐतिहासिक पृष्ठभूमि अनुसार तत्कालीन शाहाकालका राजा श्री ५ पृथ्वीनारायण शाहले कान्तिपुर आक्रमण गरेको समयको रुपमा समेत लिइन्छ। यसै गरि कुमारी जात्राको क्रममा मृत आत्माको चिर शान्तिको कामना गर्दै दागिँ अर्थात इन्द्रको आमालाई नगर परिक्रमा गराउने काम समेत भएको थियो ।
जसलाई ऐतिहासिक रुपमा बुझ्नुपर्दा यो दिन देवराज इन्द्र आफ्नो आमाको विशेष पूजाअर्चनाको लागि पारिजात फूल आवश्यकता परेको थियो । सोही फूल टिप्न आउँदा उनलाई नचिनेर यहाँका स्थानीयले समातेर इन्द्रजात्राको दिन कारबाही गर्दै गर्दा उसको खोजीमा स्वर्गमा एरावत हात्ती अर्थात् हालको स्थानीय भाषामा पुलुकिसि भगवान इन्द्र किन अहिलेसम्म फर्केन भन्दै इन्द्रको खोजीमा गल्ली गल्ली तत्कालीन कान्तिपुर नगरको गल्ली गल्ली दौडिन थाल्यो र साथै उसको आमा पनि आफ्नो सन्तानको खोजीमा निस्कन थाल्यो हात्ती देखेर डराएको तत्कालीन कान्तिपुर बासिन्दा रमाउँदै रमाउँदै उसको पछि पछि हिड्न थाले।
आफ्नो सन्तान समयमा नआएपछि देवराज इन्द्रको आमा आफ्नो सन्तानलाई तत्कालीन कान्तिपुर नगरको मरु टोलमा बाँधिएको अवस्थामा पाएपछि देवराज इन्द्रको आमाले उ चोर होइन उ स्वर्गको राजा देवराज इन्द्र हो। मेरो आदेशको कारण उ धर्तीमा पारिजात फूल लिन आएको बताएपछि देवराज इन्द्रको आमाले देवराज इन्द्रलाई छोड्न माग गरे नभन्दै देवराज इन्द्रले आफ्नो असली दर्शन दिए जसको कारण पछि गएर छोड्न बाध्य भए।
नभन्दै स्थानीयले क्षमा मागे र देवराज इन्द्रको आमा खुशी हुँदै तत्कालीन कान्तिपुर नगरमा म बर्खा सकिएपछि म तिमीहरूलाई कुहिरो र शीत पठाउने छु जसबाट तिमीहरूको बाली राम्रो हुनेछ भन्दै शख आशिर्वाद दिए।
यसै समयदेखि यो पर्व सुरुवात भएको मानिन्छ। कुमारी रथ यात्राको सोही दिन राति मृत आत्माको चिर शान्तिको कामना गर्दै स्थानीय मानन्धर अर्थात साय्मि समुदायले बहुमत अर्थात बाँसको घर जस्तो आकृति बनाइ त्यसमाथि दियो बालेर बहुमत निकाल्ने परम्परा छ।
यसैबीच यसपटकको इन्द्रको आमा बन्ने जिम्मेवारी स्थानीय त्यंघ :टोलका मंगलमान महर्जनले लिएका छन भने स्थानीय मरु टोल दागी गुठीका गुठियार सर्वज्ञ राज ताम्राकारले पालो सम्हालेका छन यसैबीच पालोवालाका श्रीमती जरिना ताम्राकारले स्थानीय संस्कृति अनुसार देवराज इन्द्रको आमा अर्थात दागीँ बन्नेलाई स्वागत एवं पूजाअर्चना गरिएको थियो। जसमा स्थानीय मरु टोलको धिमय् बाजा बजाइ स्थानीय संस्कृति अनुसार धुन्याँ घुमाई मृत आत्माको नाममा नगर परिक्रमा गर्ने काम समेत भएको थियो । – इन्द्रमान महर्जन


















