नेपाल भाषाकाे ख्वाः छंगु गुली बांला म्यूजिक भिडियो सार्वजनिक

89

काठमाडाैं । मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी सुप्रशिद्ध गीतकार राजु मानन्धर (अष्ट्रेलिया) को शब्दमा निर्मित नेपालभाषाका ‘ख्वाःछंगु गुली बांला’ म्यूजिक भिडियो सार्वजनिक गरेकाे छ ।

साे म्यूजिक भिडियोलाई काठमाडौं महानगरपालिका वडा नंबर १३ का पूर्व वडा सदस्य दिलवहादुर मानन्धरले अनलाइन स्वीचअन गरेर सार्वजनिक गरिएको थियाे । साे म्यूजिक भिडियोमा गायक सज्जु मानन्धरको मीठासपूर्ण आवाज  रहेको छ भने नेपालभाषाका चर्चित सञ्चारकर्मी तथा अभिनेता राजेन्द्र डंगोलको तारिफयोग्य निर्देशन रहेको छ।

सुनिल ताम्राकारद्वारा सम्पादित यस म्यूजिक भिडियोमा कलाकार तथा मोडल बिन्दे महर्जन र बर्षा महर्जनको अभिनय  रहेको छ भने संगीतकार जुगल डंगोलले संगीत भरेका छन् । समारोहमा नेपालभाषाका पत्रकार दर्शनबीर शाक्यले शुभकामना दिँदै म्यूजिक भिडियो सम्बन्धमा प्रकाश पारेका थिए भने प्रथम नेपालभाषा चलचित्र पत्रकार एवम् प्रथम नेपालभाषा म्यूजिक भिडियो निर्देशक विजयरत्न तुलाधरले शुभकामना मन्तव्य राखे ।

शुभकामना मन्तव्यकै क्रममा अष्ट्रेलियामा बसाेबास गर्दै अाइरहनु भएकाे यस गीतका ख्यातीप्राप्त गीतकार राजु मानन्धरले जुममार्फत भिडियो सार्बजनिक गर्ने क्रममा वडो उत्सुकतापूर्वक र सफलतापूर्वक भिडियो सार्बजनिक भएकोप्रति अपार खुशी व्यक्त गर्दै उपस्थित सवैप्रति धन्यवाद तथा आभार व्यक्त गरेका थिए।

समारोहमा बोल्दै निर्देशक तथा अभिनेता राजेन्द्र डंगोलले भिडियो निर्माण र निर्देशनको क्रममा आफूले भोगेका अथवा बटुलेका अद्भुत अनुभव र अनुभुतिलाई प्रष्ट्याएका थिए।  हाइलाइट्स नेवार युट्यूवच्यानेलमार्फत सार्वजनिक गरिएकाे  थियाे । भने  सा‌ंगीतिक समाराेहमा उपस्थित अतिथि, कलाकार तथा माेडल लगायत सञ्चारकर्मीहरुलाई खादा ओढाई सम्मान गरिएकाे थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here