राष्ट्रपति भण्डारीद्वारा खड्कालाई मन्त्री पदको शपथ ग्रहण

62

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले पथ तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच खड्काले मन्त्री पदको शपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन्।  मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले खड्कलाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो। खड्का गएको प्रतिनिधि सभा निर्वाचनमा उदयपुर-१ बाट निर्वाचित भएकाे हाे ।

संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री जानुपर्ने भएपछि प्रधानमन्त्री देउवाले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्। परराष्ट्रमन्त्रीको शपथ लिएर खड्का बुधबारै अमेरिका प्रस्थान गर्ने जनाइएको छ। उनीसँगै परराष्ट्र सचिव भरतराज पौडेल पनि अमेरिका जानेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here