काठमाडौं । दसैंको अवसरमा नेपाली कथानक चलचित्र ‘एक’ प्रदर्शनमा आउन लागेको छ । डिजिटल ओटीटी (ओभर द टप) मार्फत असोज २१ गते घटस्थापनाको दिनदेखि फिल्म प्रदर्शन हुने भएको हो। फिल्मको सार्वजनिक ट्रेलरमा राजनीतिमा मधेसी समुदायले गर्दै आएको विद्रोहको कथा प्रस्तुत गरिएको छ ।
मनोज पण्डितको निर्देशक तथा लेखनमा बनेको फिल्ममा केन्द्रीय पात्रको रुपमा विशाल पोखरेल रहेका छन् । जसमा उनले एक गुप्तचरको भूमिका निभाएका छन् । फिल्ममा प्रमोद अग्रहरी, मनोज अधिकारी, ज्योत्सना योगी लगायतका कलाकरहरुको अभिनय छ ।
चलचित्र ‘एक’ले मधेसी समुदायका पीडालाई उठान गरेको छ । राजनीतिमा मधेसी समुदायले गर्दै आएको विद्रोह फिल्मको केन्द्र भागमा राखिएको छ । ‘मधेसी समुदायको बारेमा अझै पनि राजधानी गम्भीर नभए देशको सुरक्षामा खतरा आउन सक्नेबारे जोडजाड उठाइएको निर्देशक तथा लेखक पण्डितले बताए ।
‘नेपाल’ मधेसी समुदायको पनि हो भन्ने कुरालाई काठमाडौंले अझै पनि स्वीकार गर्न नसक्दा उनीहरु विद्रोही भए देश दुर्घटनामा फस्ने फिल्ममा औंल्याइएको छ । ‘विदेशी हस्तक्षेप हुँदा देशले भोग्नुपरेको पीडालाई पनि दर्साउन खोजेका छौं,’ निर्देशक पण्डित भन्छन् ।


















