नेप्से परिसूचक बिहीबार सामान्य वृद्धि

174

काठमाडाैं । बुधबार भारी अंकले वृद्धि भएको नेप्से परिसूचक बिहीबार सामान्य वृद्धि भएको छ।   आज नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ अंकमा पुगेको छ।

आज कारोबारमा आएका २२६ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँमा कारोबार भएको छ।  जसमध्ये ७५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। साथै ९ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

नेप्सेका उपसूचकमा बैंकिङ र फाइनान्स समूहबाहेक सबैमा गिरावट देखिएको छ। २ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेको सकारात्मक प्रभाव बैंकिङ समूहमा देखिएको छ।  आजकाे कारोबारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here