कीर्तिपुर नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि सम्पदा र्याली

80

काठमाडौं । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा कीर्तिपुर नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि सम्पदा र्याली निकालेको छ ।

कीर्तिपुर नगरपालिकाको आयोजनामा निकालिएको र्‍यालीमा कीर्तिपुर बासी, नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का, नेपाल पर्यटन बोर्डका डा. धनञ्जय रेग्मी, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, मिस नेवा क्रिशा महर्जनको सहभागिता रहेको छ । र्‍यालीमा बाजागाजा र झाँकी सहित नाचगान गर्दै नगर परिक्रमा गरिएको हो ।

कोरोना महामारीले नेपालको पर्यटन क्षेत्रमा पारेको असरबाट पर्यटन क्षेत्रलाई चलायमान बनाउन सम्पदा र्‍यालीको आयोजना गरिएको कीर्तिपुर नगरपालिकाका भाषा, संस्कृति तथा पर्यटन संयोजक तथा वडा नं. २ का अध्यक्ष रमेशमान डंगोलले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here