काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सोमबार दिउँसो केहीबेर बसेसँगै बैठक असोज १४ गते सम्मका लागि स्थगित गरिएको हो।
सोमबारको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिरोध जारी राखेको थियो। सभामुख सापकोटाले दल विभाजनमा ‘सहयोग’ गरेको भन्दै एमाले सांसदहरुले प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै विरोध गर्दै आएका छन्।
सोमबारको बैठकमा भने एमाले सांसदहरुले नयाँ ‘नारा’ पनि लगाएका छन्। उनीहरुले ‘कालो धनलाई वैधानिक बनाउन पाइँदैन’ भन्दै नारा लगाएका छन्।

















