दुग्ध पदार्थको उत्पादनमा विविधिकरण गर्दै संस्थानलाई बलियो बनाउने अभियानमा जुटेका छौं

152

किसानहरुबाट दूध संङ्कलन गर्ने, प्रशोधन गरेर नयाँ बस्तुहरु उत्पादन गर्ने तथा ती उत्पादनहरुको बजारीकरण गर्ने कामना संलग्न रहँदै आएको नेपाल सरकारको पूर्ण स्वामित्व रहेको सरकारी निकाय हो दुग्ध विकास संस्थान् । कोरोना भाइरसको महामारीको बाबजुद पनि दुग्ध पदार्थको संकलन तथा विक्रि वितरणमा संस्थानलाई थप बलियो बनाएर लैजाने अभियानमा संस्थानका महाप्रबन्धक रुद्रप्रसाद पौडेल लाग्नुभएको छ ।

दुग्ध पदार्थको विविधिकरण गर्दै संस्थानलाई आर्थिक सक्षमता प्रदान गर्ने र नेपाल सरकारले निर्धारण गरेको गुणस्तरियताका मापदण्ड अनुसार दुग्ध सामाग्री उत्पादन गरी बजारमा पठाउने कुराकानीको क्रममा बताउनुभयो । पछिल्लो समय दुग्ध विकास संस्थानको अवस्था, कोरोनाले पारेको प्रभाव र भावी योजनाका विषयमा अपटुडेट साप्ताहिकले गरेको कुराकानीः

अहिले दुग्ध विकास संस्थान के गरिरहेको छ ?

दुग्ध विकास संस्थान पूर्ण सरकारी स्वामित्वको संस्थान हो । सेवा र व्यापार दुबै यसको दायित्व भित्र पर्छन् । दुध उत्पादक किसानहरुबाट दुध खरिद गर्ने, प्रशोधन गर्ने, विविधिकरण गर्ने र उपभोक्ता माझ पुर्‍याउने यसको मुलभुत काम हुन् ।

वित्तिय स्वास्थ्यको कुरा गर्दा दुग्ध विकास संस्थान धेरै नाफामा पनि गएको छैन । यो खर्च र आम्दानी बराबरी जस्तोमा (बिइपी) चल्दै आएको छ । कुनै बर्ष ५–७ करोड नाफा पनि हुन्छ, कुनै बर्ष त्यो पनि हुदैन । खर्च मात्रै धान्ने अवस्था हुन्छ । त्यो भएकोले यस संस्था धेरै नाफा गएको छ, धेरै गरेका छौ भनेर हामी फुर्ति लगाउँदैनौ । चालु आर्थिक बर्षमै पनि कोरोनाको कारण धेरै प्रोडक्टहरु स्टकमा छन् । त्यो मुल्याङकन गर्दा एक अर्ब भन्दा बढीको स्टक भएको प्रडक्टहरु छन् । जस्तो धुलो दुध, बटर, नौनी, चीजहरु याक चीज, घिउहरु लगायत प्रडक्टहरु स्टक छ । अहिलेको अवस्थामा हामीले किसानलाई भुक्तानी दिन स्टक बढी छ, बिक्रि कम छ । त्यसले गर्दा किसानलाई हामीले नियमित रुपमा समयमा भुक्तानी दिन पनि सकिरहेको छैनौ । जति जति विक्रि बढ्दै जान्छ, त्यति त्यति सहज हामीलाई हुन्छ । त्यति नै हामी किसानलाई भुक्तानी दिँदै जाने अवस्था छ ।

कोरोना भाइरसले बजारलाई ठुलो नोक्सान ग¥यो यसबाट डिडिसी कत्तिको प्रभावित बन्न पुग्यो ?

किसानहरुबाट संकलन भएको दूधलाई बजारीकरण गर्ने कार्य वि.स. २०७६ चैतमा आह्वान गरिएको लकडानपश्चात् हालसम्म पनि निकै कठिन हुँदै आएको छ । अहिलेसम्म पनि शैक्षिक संस्था, मनोरञ्जन, होटल, रेष्टुरेन्ट एवं पार्टी प्यालेस लगायत विभिन्न उद्योग व्यवसायहरु पूर्ण रुपमा सुचारु हुन नसकेको कारण यसवाट एकातिर दुग्ध उत्पादन किसानहरुलाई समस्या सृजना भएको छ भने अर्कोतिर दुधको व्यवस्थापन कार्य समेत जटिल बनेको छ । यस्तो अवस्थामा उपभोक्ताहरुलाई दूधको उपयोग बढाउन प्रेरित गर्ने किसिमको प्रर्वधनात्मक नयाँ कार्यक्रहरु ल्याउनु जरुरी छ ।

संस्थानद्वारा दैनिक रुपमा कति संकलन र कति विक्रि वितरण गरिरहेको छ ?

अहिले दुग्ध विकास संस्थानले दैनिक रुपमा करिब ८० हजार लिटर दुध संंकलन गर्दै आएको छ । यसलाई बढाएर दैनिक ९० हजार देखि १ लाख लिटर सम्म पु¥याउने योजना बमोजिम संस्थानले आफ्ना गतिविधिहरु अघि बढाईरहेको छ । विगतमा दैनिक १ लाख ३० हजार लिटरसम्म पनि दुध संकलन गदैृ आएको संस्थानले हाल दुधको संकलन दर घट्नुमा बजारमा स्थापना भएका नयाँ डेरी उद्योगबाट सृजना भएको प्रतिष्पर्धाले पनि मुख्य भूमिका निर्वाह गर्दै आएको छ ।

संस्थानद्वारा उत्पादिन तथा वितरित दुग्ध पदार्थको गुणस्तरियतामा कहिलेकाँही प्रश्न उठ्ने गरेको छ नि ?

प्रतिस्पर्धी बजारमा गुणस्तरीय उत्पादनले नै उपभोक्ताहरुको मन जित्न सक्छन् । सोही बमोजिम संस्थानले पनि नँया नयाँ कार्यहरु ल्याईरहेको छ । जसअन्तरगत आगामी दिनमा संस्थानले आफ्ना उत्पादनहरुलाई परिकृष्त गर्दै लैजाने र औद्यौगिक उत्पादनतर्फ केन्द्रित हुने योजना तय गरेको छ । नयाँ प्रविधिलाई समेत आत्मसात् गर्न सकेको खण्डमा कम लागतमा बढी गुणस्तरिय उत्पादन गर्न सफल हुन सकिन्छ ।

दुग्ध उत्पादक कृषकको क्षमता अभिवृद्धिका के कस्ता योजनाहरु अगाडि सार्नुभएको छ ?

नेपालमा अहिलेसम्म साना दुग्ध उत्पादक किसानहरुको भरमा दूध बजार थेगिरहेको छ । देशभरीका सबै दुध उत्पादक किसानहरुलाई नेपालमा सञ्चालनमा रहेका डेरी उद्योगहरुले अझै पनि समेट्न सकेका छैनन् । जसले गर्दा कम उत्पादन गर्ने अधिकांश पहाडी क्षेत्रका घरायसी किसानले उत्पादन गरेको दुध आफैले मात्र प्रयोग गर्नुको विकल्प छैन । साथै उक्त दुध नोक्सान हुने स्थिति समेत छ । यसलाई विचार गर्दै आगामी दिनमा दुध उत्पादनको लागि किसानको क्षमता अभिवृद्धि र संकलन केन्द्र विस्तार गर्दै लैजानुपर्ने आवश्यकता छ । जसबाट किसानलाई ठुलो क्षमतामा दुध उत्पादन गर्न र आफूले उत्पादन गरेको दुधबाट राम्रो आर्थिक लाभ प्राप्त हुने मनसायले दुग्ध जार विस्तारमा जुटेका छौं । यसबाट एकातिर किसानको आर्थिक स्थिति मजबुत हुन सक्छ भने अर्कोतिर उद्योगहरुले समेत आफ्नो क्षमता अभिबृद्धि गरी नयाँ औद्योगिक उत्पादनतर्फ केन्द्रित हुन सक्छन् ।

संस्थान सुधारका लागि भावी योजनाहरु के के छन् ?

पछिल्लो दिनहरुमा दुधको माग अन्य उत्पादनहरु जस्तो कोकाकोला, फान्टा, पेप्सी लगायतले लिन लागेको अवस्थामा दुधको उपयोग बढाउनको लागि दुग्ध उद्योगहरुले नयाँ योजना तथा उत्पादनतर्फ आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने जरुरी छ । सोही बमोजिम अहिले डिडिसीले पनि आफ्ना उत्पादनमा विविधिकरण गर्ने र दायरा बढाउँदै गुणस्तरीय दुग्ध पदार्थ आम उपभोक्तासामू पुर्‍याउने लक्ष्यका साथ अघि बढ्ने लक्ष्य लिएका छौँ । यसले दुग्ध विकास संस्थानको आर्थिक स्थिति बलियो हुने अपेक्षा समेत गरिएको छ । दैनिक समाजडटकमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here