काठमाडौं । चर्चित गायिका रानी शाक्यकाे नेपाल भाषाको गीत ‘कुचु कुचु मी’ को भिडियाेसहित सार्वजनिक भएकाे छ ।
पाँच दर्जनभन्दा बढी गीत गाएर चर्चामा रहेकी गायिका रानी शाक्यले नेपाल भाषाको गीत ल्याएकी हुन् ।
नेवाः फिल्मका चर्चित नायक रुपेन्द्र श्रेष्ठ र मोडेल बिनु शाक्यको अभिनय रहेकाे छ । शैलेन्द्र श्रेष्ठको शब्दरचना, भुपेन्द्र बज्राचार्यको संगीत, एरेन्ज रहेको गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
माया प्रेमले भरिएकाे म्यूजिक भिडियोमा रश्मी क्लाराको कोरियोग्राफी ,आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन गरेका छन् ।

















