प्रमले बोलाएको बैठकमा नेकपा एमाले अनुपस्थित

69

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा देउवाले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू  अनुपस्थित भएका छन् ।

एमालेले देउवाले बोलाएको बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो ।  बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल सहभागीता जनाएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल तथा नेमकिपाबाट प्रेम सुवाल सहभागीता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here