पत्रकार सम्झना महर्जनलाई षडयन्त्रमूलक ब्यवहारप्रति दबूकाे ध्यानाकर्षण

151
काठमाडाैं ।  दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियोको रुपमा गौरवमय इतिहास बोकेको रेडियो सगरमाथाले यस रडियोको जग बलियो बनाउन योगदान गरेका कर्मचारीप्रति नै षडयन्त्रमूलक ब्यवहार गर्न थालेको तथ्यप्रति नेवाः पत्रकार राष्ट्रिय दबूको हाम्रो ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति मार्फत जनाइएकाे छ ।
वि.सं. २०५९ सालदेखि ५ बर्ष स्वयंसेवकको रुपमा र त्यसपछि हालसम्म श्रमजीवी पत्रकार कर्मचारीको रुपमा अनवरत सेवारत रहेकी पत्रकार महर्जनको पछिल्लो समय स्वास्थ्य स्थिति बिग्रेको अवस्थामा पनि समर्पित भएर सिफ्ट इन्चार्ज (कार्यक्रम निर्माता) को सम्पूर्ण जिम्मेवारी जिम्मेवार भएर निर्वाह गरिरहेकोमा रेडियोको तर्फबाट सहयोग हुनुको सट्टा अमानवीय ब्यवहार गरेको प्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ । स्वास्थ्य उपचारका लागि एक साता विदान माग्दा ‘एक सातामा पूर्ण निको भएर आउने भए दिन्छु नत्र ३ महिना बेतलबी बिदा बस्नु’ भन्ने भनाई स्टेशन म्यानेजर सुवोध गौतमबाट आएको निकै खेदपूर्ण ब्यवहार भएकाे जनाइएकाे छ ।
आफ्नो पुरानो शारीरिक समस्या बोंकाइटिस रहेको र कोरोनाविरुद्धको खोप लिएपछि खोकी लगातार आउन थालेको जानकारीमा आएको र सोही कारण समाचार वाचन गर्न असमर्थ हुँदा आधिकारिक रुपमा स्टेशन म्यानेजर गौतमलाई जानकारी गराई आरामकै लागि एक घण्टा अघि कार्यालयबाट निस्केको विषयलाई नै “बिना जानकारी काम प्रति बेवास्ता गर्दै निस्केको” भनी स्टेशन म्यानेजर गौतमकै हस्ताक्षरित पत्रमार्फत स्पष्टिकरण सोधिएकोले पनि बद्नियत भएकाे उल्लेख कुरा विज्ञप्ति मार्फत उल्लेख  गरिएकाे छ ।
सामान्य मानवीय ब्यवहारसम्म पनि नगरी बद्नियतका साथ षडयन्त्रमूलक ढंगले रेडियोको जिम्मेवारीबाट निकाल्नका लागि ब्यवस्थापनले नै काम गर्न नसक्ने अवस्था सृजना गर्नु, तनाव दिनु तथा दिइएको स्पष्टिकरण चित्त नबुझेको भनी पद घटुवा भएको पत्र थमाइनु प्रति पनि हामी खेद प्रकट गर्दछौं ।
कष्टकर शारीरिक अवस्थामा रेडियोप्रति समर्पित भइ जिम्मेवारी निर्वाह गरिरहेकोप्रथि मान गर्दै हाल भइरहेको ब्यवहारहरु सच्याइ पत्रकार सम्झना महर्जनलाई सम्मानसाथ जिम्मेवारी निर्वाह गर्दै आएको ‘सिफट इन्चार्थ तथा कार्यक्रम निर्माता’को पदमा बहाली गर्न जोडदार माग गर्दछौं । अन्यथा यस अन्यायका विरुद्ध हामी आन्दोलनमा जान बाध्य हुने जानकारी पनि गराउँदछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here