इटालीमा निजी जहाज दुर्घटना हुँदा ८ जनाको मृत्यु

123

काठमाडाैं । युरोपेली मुलुक इटालीमा आइतबार एउटा निजी जहाज दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

द गार्डियनका अनुसार सिंगल इन्जिन भएको पिलाटस पिसी-१२ जहाज आइतबार दिउँसो मिलानको लिनाटे विमानस्थलबाट टेकअफ भएको केहीबेरमै एउटा भवनमा ठोक्किएको थियो। उक्त जहाजमा ६ यात्रु र २ चालक दलका सदस्य थिए। प्रत्यक्षदर्शीहरूले खाली भवनमा ठोक्किनुअघि नै जहाजमा आगो लागिसकेको जनाएका छन्। मिलानका अधिकारीहरूले दुर्घटना हुनुअघि पाइलटले खतराको कुनै सूचना नदिएको बताएका छन्।

इटालीका सञ्चारमाध्यमहरूले जहाज दुर्घटनामा परी रोमानिया र इटालीका दुई धनाढ्य परिवारको मृत्यु भएको उल्लेख गरेका छन्। रोमानियाका सबैभन्दा धनीमध्येका एक ६८ वर्षीय डान पेट्रेस्क्यु, उनकी श्रीमती र छोराको मृत्यु भएको छ। साथै इटालीका व्यापारी फिलिपो नासिम्बेने, उनकी श्रीमती र उनीहरूको सानो बच्चाको पनि मृत्यु भएको समाचारमा जनाइएको छ।

अधिकारीहरूका अनुसार उक्त जहाज ३० सेप्टेम्बरमा रोमानियाको बुचारेस्टबाट मिलान आएको थियो। त्यतिबेला जहाजमा कुनै समस्या देखिएको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here