जनकपुरधाम । धनुषा जिल्लामा रहेका विद्यालयको भौतिक निर्माणमा दाृत निकायको आर्थिक सहयोगका कारण त्यहाँ अध्ययन अध्यापनमा सहजता भएको पाइएको छ ।
आर्थिक रुपमा जर्जर रहेका केही प्राथमिक विद्यालयको भौतिक निर्माणको लागि आसमान नेपाल नामको गैरसरकारी संस्थाले सहयोग दिएकाले त्यहाँ अध्ययन गर्ने विद्यार्थीको भविष्य सुनौलो भएको उदाहरण बाहिर आएका छन् ।
करिब डेढ दशकदेखि धनुषा जिल्लाका चारवटा पालिकामा केन्द्रीत रहेर विभिन्न परियोजना सञ्चालन गर्दै आएको यस संस्थाले विद्यालय निर्माण, चर्पी, खानेपानी, सरसफाइलगायतका गतिविधिमा आर्थिक सहयोग गर्दै आएको छ ।
गणेमान चारनाथ नगरपालिाका वडा नम्बर १० लालटोलमा वि.सं २०६१ सालमा स्थापित श्री जनता राष्ट्रिय आधारभूत विद्यालयमा स्थानीय समाजसेवीको सहयोगमा प्राप्त ५ कठ्ठाको जमिनमा छाप्रोमा सञ्चालित रहेको थियो ।
उहाँले विद्यालय र पढाईबारे अनभिज्ञ यस क्षेत्रका वासिन्दाहरु रुख रुख समेत चढेर विद्यालय गतिविधिहरु नियालेको कुरा स्मरण गर्नुहुन्छ ।
यस्तो अवस्था रहेकाले आसमान नेपालले आर्थिक सहयोग गरेर यस विद्यालयमा पक्की भवन, चर्पी, खानेपानी, पर्खाल मात्र होइन बगैंचा समेत निर्माण गरिदिएको विद्यालयका स्थापना कालदेखि अध्यापनमा खट्नुभएकी अनिता यादवले बताउनुभयो ।
भौतिक निर्माणसँगै पठनपाठन सहजरुपमा विद्यालय स्थापना भएपछि प्रधानाध्यापक मञ्जु कट्टेलले जानकारी दिनुभयो ।
उहाँले संस्थाले दिएको सहयोगको कारणले यस विद्यालयमा अध्ययन गर्नुभएका विद्यार्थी यसै नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बन्नुभएको बताउनुभयो ।
आसमान नेपालको सहयोग नभएको भए भौतिक रुपमा जीर्ण विद्यालयमा अध्ययन गरेर सो तहसम्म पुग्न जोकोहीलाई गा¥हो हुने उहाँको भनाइ रहेको छ ।
यस विषयमा जानकारी लिँदा गणेशमान चारनाथ नगरपालिकाकका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छोटी मुखियाले आफ्नो भविष्य यसै विद्यालयबाट प्रारम्भ भएर सफलता पाएको बताउनुहुन्छ ।
उहाँले प्रारम्भिक शिक्षा लिएको यस विद्यालयमा यस संस्थाको सहयोगको कारणले सहज रुपमा अध्ययन गर्नुको साथै विभिन्न शैक्षिक गतिविधिले सँधै पढ्नुपर्छ भन्ने भावना जागेकाले यस्तो अवसर जुर्न पुगेको बताउनुभयो ।
करिब १५ वर्षअघि यस क्षेत्रमा सञ्चालित रहेको यस संस्थाको योगदानका कारण यस शाखामा आउन सफल भएको स्मरण गर्नुहुँदै आफूले पनि हरेक विद्यालयका गतिविधि, विद्यार्थीको शिक्षण क्षमताको विकास, दातु निकायको समन्वयकारी भूमिकालाई शुक्ष्म रुपले अध्ययन गरिरहेको बताउनुहुन्छ ।
यस्तै, लक्ष्मनियाँ गाउँपालिकाको नगडियास्थित ज्ञानोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार लाल कर्णले विद्यालयको सरसफाइ, खानेपानी र चर्पि निर्माणमा सहयोग भएका कारणले पनि छात्रासहित छात्रलाई अध्ययन गराउन सहज भएका बताउनुभयो ।
यस संस्थाले शुरु गरेको अभियानका अनुसार शिक्षक, अभिभावक र विद्यार्थीहरुमा पढ्ने र पढाउनुपर्छ भने जागरण बढेको बताउनुहुन्छ ।
उहाँका अनुसार विद्यालय र संस्थाका समन्वयका कारण ८५ जना विद्यार्थी भएको निम्न माध्यामिक विद्यालयलाई माध्यामिक विद्यालय बनाउँदै चारसय विद्यार्थी पु¥याउन सफल भएको छ । –उपेश महर्जन





















