साहित्यकार अमरको ‘प्रभु’ भजन सार्वजनिक

168

काठमाडाैं ।  गायक सुर्य राई दनुवारको स्वरमा रहेको भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ । भगवानको भजन गाउँदा अनि सुन्दा मनको बोझ हट्ने चिन्ता, पीडा परपर भाग्ने विश्वास सबै भक्तहरू माझ ठूलो आस्था रहेको हुन्छ । चाहे जतिसुकै दुस्ख कष्टको समयमा पनि मान्छेहरू भक्ति गर्न छोड्दैन मन्दिरमा होस् या घर आगनमा भगवानप्रति आस्था  भएपछि मनको शान्ति होस् या आत्मविश्वासको निमित्त पनि पूजा गर्नु नै महान हो ।

साहित्यकार सुरेन्द्र महर्जन ‘अम’ को रचनामा ‘दिन बित्यो प्रभु वर्ष बित्यो’ भजनको म्युजिक भिडियो सार्वजनिक भएकोे हो । भजनको संगीत स्वयं सुर्य राई दनुवारको रहेको छ । उक्त भिडियोमा कलाकारहरू प्रमोद चौधरी, बिरेन्द्र साह, मुकेश कुमार साह, राकेश यादव, बिनिता माझी, सन्ध्या माझी, सुनिता माझी आदिको अभिनय रहेको छ । म्युजिक भिडियोको सम्पादन कक्ष बि स्क्वायर मिडियाको तर्फबाट बिश्वास भण्डारीबाट गरिएको हो भने भिडियोको निर्देशन रोशन राणा मगरद्वारा गरिएको हो । छाँयाकनरड्रोन बिशाल राज राईको रहेको छ ।

गीतको एरेन्जर संजय हमालले गरेको थियो भने मिक्सरमास्टरिङ  बिसन मानन्धरबाट गरिएको थियो । पर्यटकिय क्षेत्र नुनथर, रौतहटको धार्मिक एवं पर्यटकीय क्षेत्रमा सुटिङ गरिएको थियो । ई दनुवार कलाकार तथा सांस्कृतिक समाजको प्रस्तुतिमा अमर म्युजिक च्यानल मार्फत भजन सार्वजनिक भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here