कमल बहादुर विष्ट स्मृति पुरस्कार ईतिहासविद् तथा साहित्यकार प्रकाशमान श्रेष्ठ लाई

136
साँखु । मिश्रीमैंया विष्ट संरक्षक रहनु भएको कमल बहादुर विष्ट स्मृति पुरस्कार शंखरापुर-७ साँखु साल्खा टोलमा बि सं २०११ फागुन ७ गते जन्मनु भएको आमा बिष्णु माया श्रेष्ठ र बुबा नजरमान श्रेष्ठ को सुपुत्र ईतिहासविद् तथा साहित्यकार प्रकाशमान श्रेष्ठ लाई २०७८ साल सोज १९ गते मंगलवार एक समारोहका बीच प्रदान गरेको छ ।
पुरस्कारले सम्मानित प्रकाशमान श्रेष्ठ यस भेगका ईतिहास, पुरातात्विक अन्वेषक तथा साहित्य,कला संस्कृति को ज्ञाता समेत हुनु हुन्छ। शंखरापुर साँखु तथा मणिचूड, बज्रयोगिनी, सालिनदी स्वस्थानी व्रत एवम् स्थानिय जात्रा, पर्व, शिलापत्र, ताड़पत्र, एवम् ऐतिहासिक कागजपत्रहरुको कार्यमा दशकौं अध्ययन अनुसंधान कार्य तथा त्यस विषयको वारेमा राष्ट्रीय तथा स्थानीय पत्र पत्रिका बाट सैयौं लेख रचनाहरु प्रकाशित गर्दै आउनुभएको छ।
श्रेष्ठ स्थानीय जात्रा पर्वको चिनारी, तथा साहित्य सेवा, पुस्तक लेखन प्रकाशन सहित शिक्षण सेवा समेतको अनुभव संगालेको ब्यक्तित्व हुनु हुन्छ ।
बिभिन्न साहित्यिक ,सामाजिक संघसंस्थाहरु एवम् शैक्षिक संघसंस्थाहरुबाट समेत संम्मानित हुनु भईसकेको साहित्य,अध्यापन,ईतिहास र पुरातात्विक त्रिवेणी सामाजिक,सांस्कृतिक ब्यक्तित्वको रुपमा स्थापित हुनु भएको श्री श्रेष्ठ लाई कमल बहादुर विष्ट स्मृति पुरस्कारको अध्यक्ष राजु विष्ट,सचिव दिनेश विष्ट र कोषाध्यक्ष शिवराम विष्ट को रोहवरमा साहित्यकार तथा पारिवारिक जमघट विच सम्मानपत्र तथा नगद रु १५०००/- प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here