मन्त्रिपरिषद्ले पायो पूर्णता गैर सांसद पनि मन्त्री (सूचीसहित)

106

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। तेस्रो पटक मन्त्रिपरिषद पुनर्गठन गर्दा एक जना गैर सांसद पनि मन्त्री बनेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट बाँकेका पुराना नेपाली कांग्रेसका नेता गजेन्द्र हमाल पनि मन्त्रिपरिषदमा अटाएका हुन्। उनी राणाका आफन्तसमेत हुन्। केही दिन पहिले राणाले दुई जना मन्त्रीको कोटा मागेको समाचारहरु सार्वजनिक भएको थियो। राणाले दिपक तिमल्सिना र हमाललाई मन्त्री बनाउन खोजेको सार्वजनिक भएको थियो।

समाचार सार्वजनिक भएपछि तिमल्सिनापछि हटेका थिए भने हमाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन्। हमाल राणाको कोटा भएपनि नेपाली कांग्रेसले सिफारिस गरेको छ। उनले संविधानको व्यवस्था अनुसार ६ महिना मन्त्री हुन पाउने छन्। आजै मन्त्रीहरुको शपथको तयारी गरिएको छ।

कांग्रेसबाट बालकृष्ण खाँण – गृह मन्त्रालय, नारायण खड्का –परराष्ट्र मन्त्रालय, ज्ञानेन्द्रबहादुर कार्की –सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडु– कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मी–महिला बालबालिका तथा ज्येष्ठ नागरिक–मिनेन्द्र रिजाल–रक्षा मन्त्रालय, उमाकान्त चौधरी– खानेपानी मन्त्रालय, गजेन्द्र हमाल– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माओवादी केन्द्रबाट, अर्थ मन्त्रालय – जनार्दन शर्मा, शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल, ऊर्जा मन्त्रालय – पम्फा भुसाल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज भएका छन् भने जनता समाजवादीबाट भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव, संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ,  वन तथा वातावरण– रामसहाय यादव, कृषि तथा पशुपन्छी विकास– महेन्द्र राय यादव, एकीकृत समाजवादीबाट, संस्कृति पर्यटन तथा नागरिक उड्डयन–प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान), सहरी विकास मन्त्रालय– रामकुमारी झाक्री, स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा, स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

facebook sharing buttontwitter sharing button

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here