साफमा भारतलाई हराउने रणनीतिमा नेपाल

127

काठमाडौं । माल्दिभ्समा  जारी साफ च्याम्पियनसिप फुटबल प्रतियाेगितामा भारतलाई हराउने रणनीतिका अघि बढेकाे छ । यस अघि नेपालले  माल्दिभ्स र श्रीलंकालाई हराइ ६ अंक बटुलेर शीर्ष स्थानमा रहेकाे छ । भारत  साफ च्याम्पियनिसिपको सर्वाधिक सफल (७ पटकको च्याम्पियन) र अहिलेसम्म उपाधि जित्न नसकेको नेपालबीच आज माल्दिभ्समा  खेल हुने भएकाे छ ।

नेपाल र भारत दुबैका लागि निकै महत्त्वपूर्ण रहेको आजको खेलमा दबाब भने भारतलाई हुने छ । यसअघिका दुई खेलबाट छ अंकका साथ शिर्ष स्थानमा रहेकाे नेपाल कम्तिमा बराबरी खेल्ने लक्ष्यमा रहँदा भारत भन् जित्नैपर्ने दबाबमा हुनेछ । भारतले यसअघिका दुबै खेलमा बराबरी खेलेको छ। त्यसैले भारत तेस्रो खेलमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ।

आजको खेल जिते नेपाल एक खेल अघि नै प्रतियोगिताको फाइनल पुग्नेछ । यसो हुन सके त्यो नेपालका लागि अहिलेसम्मकै ठूलो सफलता हुनेछ । आज बराबरी खेलेको अवस्थामा पनि नेपालको फाइनल प्रवेश सहज त बन्नेछ तर त्यसमा बाँकी रहेकाे बंगलादेशसँगको खेलकाे नतिजा महत्वपूर्ण हुनेछ । केही समय मात्र अघि नेपालले भारतसँग काठमाडौँमा मैत्रीपूर्ण दुई खेल खेलेकाे थियो । जसमा एक खेल बराबरीमा सकियो भने अर्को खेलमा भारत बिजय भएकाे थियाे ।

सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपमा भारत माथि जित निकाल्दै ऐतिहासिक रूपमा सेमिफाइनल नेपाल प्रवेश गरेको थियो। साफ च्याम्पियनसिपको इतिहासमा नेपालको त्यो भारतमाथिको पहिलो जित थियो भने समग्रमा दोस्रो जित । त्यसयताका ८ वर्षमा फेरी नेपालले उक्त इतिहास दोहोर्‍याउन सकेको छैन। त्यसैले यो पटक ८ वर्षपछि नेपाल भारतलाई पराजित गर्ने लक्ष्यमा छ। तत्कालीन समयमा नेपाल समूह ए मा बंगलादेश र पाकिस्तान सँगै भारतसँग परेको थियो।

नेपालले सुरुआती खेलमा बंगलादेशलाई हराएको थियो भने त्यसपछि पाकिस्तानसँग बराबरी खेलेको थियो। यस्तोमा सेमिफाइनल प्रवेशका लागि भारतलाई हराउनु पर्ने थियो। जहाँ नेपाल सफल रह्यो। नेपालले भारतलाई २–१ ले हरायो। नेपालका लागि अनिल गुरुङ र जुमनु राईले गोल गरेका थिए। उक्त ऐतिहासिक जित नेपालले भारतलाई सिनियर लेबलमा निकालेको केवल दोस्रो जित थियो।  त्यसअघि सन् १९९३ मा टाइब्रेकर नेपालले भारतलाई हराउँदै भारत विरुद्ध पहिलो जित तथा सागमा दोस्रो स्वर्ण जितेको थियो।

नेपाल र भारतले अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ। जसमा अधिकांश खेल दक्षिण एसियाली फुटबल प्रतियोगितामा नै हो । नेपाल र भारतले यसअघि ६ पटक त साफ च्याम्पियनसिपमा मात्रै प्रतिस्पर्धा गरेका छन्।  त्यसबाहेक दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पनि यी दुई टोली ७ पटक नै प्रतिस्पर्धा गरेका छन्। यस्तै दुई पटक विश्वकप छनोट तथा पाँच पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरेका छन्। त्यस्तै एक पटक एसियन गेममा आपसमा प्रतिस्पर्धा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here