बर्दिया । जिल्लाकाे राजापुर नगरपालिका वडा नं. १० झप्ती स्थित गेरुवा कर्णाली नदी किनाराको बाटोमा ऐ. दक्षिण खैरी बस्ने वर्ष अन्दाजी ३५ को बेचन दहितलाई घर देखी अन्दाजी १ किलोमिटर पुर्व तर्फ जंगली हात्तीले हानी मारेको जानकारी अाज बिहान बिहान ०६:३० बजेको समयमा जानकारी भएकाे छ ।
यस बारेमा ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा प्रहरी टोली खटिई गई सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य अगाडी बढाईएको छ ।


















