छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

102

काठमाडौं – भक्तपुर, भक्तपुर नगरपालिका-१० स्थित चाँगुनारायण सडकमा बुधबार दिउँसो प्रदेश ३-०२-०१५ प ७२६५ नम्बरको स्कुटरको ठक्करबाट सोही नगरपालिका-२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको छ । स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी सुवालको भक्तपुर अस्पतालमा प्राथमिक उपचार पछि ट्रमा सेन्टर हुँदै न्यूरो अस्पताल बाँसबारीमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालक भक्तपुर चागुँनारायण नगरपालिका-६ छालिङ बस्ने २२ वर्षीय आशिष कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनकाे  भरतपुर महानगरपालिका-२५ अमृत चोकमा बुधबार दिउँसो ना.४ ख ७३६७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ६५ वर्षीय लक्ष्मण महतोको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।