प्रम देउवाद्वारा अस्ट्रेलियाका प्रमलाई बधाइ ज्ञापन

112

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अस्ट्रेलियाको प्रधानमन्त्री पदमा एन्थोनी अल्बानी नियुक्त हुनुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्नुभएको छ ।

शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी हुनुभएका लेबर पार्टीका नेता अल्बानीले अस्ट्रेलियाको ३१औँ प्रधानमन्त्रीका रुपमा सोमबार शपथ लिनुभएको हो ।

प्रधानमन्त्री देउवाले नवयुक्त प्रधानमन्त्री अल्बानीलाई दिनुभएको बधाइ सन्देशमा भन्नुभएको छ, ‘‘हालैको निर्वाचनमा विजयी तपाई अस्ट्रेलियाको प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाइ छ । नेपाल–अस्ट्रेलिया मित्रता र सहयोगलाई अझ अगाडि बढाउन र जनता–जनताबीचको सम्बन्धलाई सुदृढ बनाउन तपाईसँग काम गर्न म तत्पर छु ।’’

हजारौँ नेपाली विद्यार्थीले अस्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here