विप्लव नेकपाबाट तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब

46

देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना सम्पन्न÷आक्रामक कार्यक्रमको तयारी

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तत्कालीन  केपी ओली नेतृत्वको सरकारसँग गरेको तीन बुँदे सम्झौता अनुसार देशव्यापी रुपमा पक्राउ गरिएका नेकपाका कार्यकर्ताहरुको रिहाई र भूmठा मुद्दा खारेजी लगायतका सवालमा  सरकार उदासिन बनेको छ । नेकपाले भूmठा मुद्दा खारेज गर्न र जेलमा परेका आफ्नो पार्टीका नेता—कार्यकर्ताहरुलाई रिहाई गर्न दवाव दिदै देशव्यापी रुपमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरे अनुसार प्रत्येक जिल्लाका प्रजिअ कार्यालयहरुमा धर्ना कार्यक्रम सम्पन्न भएका छन् । घोषित कार्यक्रम अनुसार गत असोज २० गते बुधबार देशव्यापी रुपमा सरकारविरुद्ध विरोध प्रदर्शनका कार्यक्रमहरु पनि गरिएका छन् ।

देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा धर्नासँग ज्ञापन पत्र बुझाउने काम पनि सम्पन्न भएका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय बबरमहलमा नेकपाले धर्ना कार्यक्रम सम्पन्न गरेको छ । प्रहरीले लगाएको निषेधित क्षेत्रलाई जनमानससहितको ¥यालीले तोडेर धर्ना दिइएको थियो । निषेधाज्ञा तोडेको आरोप लगाउँदै प्रहरीले ब्यानर खोसेको थियो ।

जिल्ला प्रशासन कार्यालय अगाडिबाट कालो ब्यानरसहितको ¥याली पुगेपछि  प्रहरी आत्तिएका थिए । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सचिव तुलसीनारायणले विनासर्त सम्पूर्ण नेताकार्यकर्तालाई रिहा गर्न नेपाल सरकारलाई आग्रह गरेका थिए  । गैरकानुनी रुपमा पार्टीमाथि प्रतिबन्ध लगाएर तत्कालीन ओली सरकारले दमन गरेको भन्दै पक्राउ परेका सम्पूर्ण नेता—कार्यकर्तालाई रिहा गर्न उनले माग गरेका थिए ।

सरकारसँग सहमति भएको लामो समय वितिसक्दा पनि नेता कार्यकर्ता नछोडेको भन्दै नेकपाले धर्ना कार्यक्रमको आयोजना गरेको नेकपा काठमाडौं महानगरपालिका इन्चार्ज अविरलले जानकारी गराएका थिए । कार्यक्रमको संचालन गरेका अविरलले सहमति कार्यान्वयन नभए सरकारले जस्तोसुकै मुल्य चुकाउन तयार हुनुपर्ने चेतावनी दिएका छन् ।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी कास्कीले तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गर्न र सम्पूर्ण राजबन्दीहरुको रिहाई तथा झुठा मुद्दा खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यलयमा धर्ना दिएको थियो । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यलय कास्कीमा पुगि प्रदर्शनसहित धर्ना दिइएको थियो । ३ बुँदे सहमति कार्यान्वयन गर, बन्दीहरुको रिहाइ गर, झुठ्ठा मुद्दा खारेज गर लगायतका नारा लगाउदै नेपाल कम्युनिस्ट पार्टी कास्कीको आयोजनामा जिल्ला प्रशासन कार्यलय कास्कीको गेटमा एक घण्टा धर्ना कार्यक्रम गरिएको थियो । राज्यले आफ्ना नेता कार्यकर्ताहरुलाई आँफैले बनाएको संविधान विपरित पक्राउ गर्ने, झुठा मुद्दा लगाउने र जेल हिरासतमा राख्ने काम गरेको र  राज्यसँग भएको तीन बुँदे सहमति कार्यन्वयन नभएको भन्दै नेकपा कास्कीले धर्नासहित प्रदर्शन गरेको र सहमतिलाई सरकारले यथाशीघ्र कार्यन्वयन गर्नुपर्ने माग समेत राखेको थियो ।

त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय भैरहवामा दबाबमूलक धर्ना दिएको थियो । नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी विश्वासको नेतृत्वमा सिडियोलाई भेटेर तीन बुँदे सहमति कार्यान्वयन गर्न राज्य गम्भीर बन्न अर्थात् नेकपाका सम्पूर्ण बन्दी नेताकार्यकर्तामाथि लगाइएको झुटा मुद्दा खारेज गरी रिहाईका लागि ध्यानाकर्षण समेत गराइएको नेकपा रुपन्देहीले जनाएको छ । धर्ना कार्यक्रमपछि भएको कोणसभामा बोल्दै नेकपाका नेता शिशिरले तीन बुँदे सहमतिमा राज्य इमान्दार नभएको भन्दै चेतावनी दिएका छन् । उनले नेकपा तीन बुँदेमा प्रतिबद्ध रहेको र राज्यले सहमति कार्यान्वयन नगरे देशमा आन्दोलनको आँधीबेरी सल्कने चेतावनी दिएका थिए । नेकपाका नेताकार्यकर्तामाथि लगाइएको झुटा मुद्धा तत्काल खारेज गरी सबै राजबन्दीलाई यथाशिघ्र रिहाई गर्नुपर्ने शिशिरको माग थियो । शिशिरले जनताका चाहना अनुरुप जनमत संग्रहद्वारा वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्नु नै अहिलेको सहि विकल्प रहेको उनले जनाए । उनले संसदीय व्यवस्था सबै हिसाबले पतन भइसकेको धारणा व्यक्त गरेका थिए । उनले भने– ‘दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापना गर्नु नै नेपाली श्रमिक जनताको चाहना हो ।’ नेकपाका जिल्ला स्तरीय नेताकार्यकर्ता, बुद्धिजीवी, व्यापार, व्यवसायी, पत्रकार, सुरक्षाकर्मी लगायतको व्यापक उपस्थितिमा सम्पन्न कार्यक्रममा तीन बुँदे सहमति कार्यान्वयन गर !, झुटा मुद्धा खारेज गर !, सम्पूर्ण राजबन्दीलाई रिहाई गर !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !, एकीकृत जनक्रान्ति जिन्दावाद !, वीर सहिदहरू लाल सलाम !, एमसीसी खारेज गर !, जनमत संग्रहको घोषणा गर ! लगायतका नाराहरू समेत लगाइएका थिए ।

त्यसैगरी, नेपाल कम्यूनिष्ट पार्टी गोरखाले तीन बुँदे सहमति कार्यान्वयन गर भन्ने मूल नाराका साथ धर्नासहित कोणसभा सम्पन्न गरेको जनाइएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी गोरखा जिल्ला सेक्रेटरी कपिल भट्ट प्रतिकसहित अतिथिहरुमा पार्टी जिल्ला सदस्य विष्णु रिजाल, क्षितिज गुरुङ, कृष्ण पन्त थिए । प्रमुख अतिथि नेपाल कम्यूनिष्ट पार्टी गोरखा जिल्ला सेक्रेटरी कपिल भट्टले सरकार र नेपाल कम्युनिष्ट पार्टी बीचको तीन बुँदे सहमतिको कार्यान्वयन गर्न, सम्पूर्ण राजबन्दीहरुको रिहाई गर्न र झुटा मुद्दा खारेज गर्न सरकार प्रतिबद्ध नरहेको भन्दै उक्त प्रतिबद्धताप्रति सरकार गम्भीर हुन चेतावनी दिएका थिए । उनले उक्त सहमति देउवा सरकारले उल्लंघन गर्दै पार्टीका कार्यकर्ताहरुलाई पुनः मुद्दा लगाई पक्राउ पुर्जी टाँस्न थालेको भन्दै सरकारको चरित्र उदाङ्गो भएको आरोप लगाएका थिए । नेता भट्टले देशको राष्ट्रिय स्वाधीनतामाथि राष्ट्रघाती सम्झौता लादेर देशलाई रणभूमि बनाउन सरकार उद्यत भएकोमा समेत चेतावनी दिएका छन् । उनले यस्ता राष्ट्रघाती एमसीसी सम्झौता गरी दल र दलाल संसदीय व्यवस्था पाल्न खोज्ने सपना नदेख्न र नेपाल कम्युनिष्ट पार्टी बिच भएको तीन बुँदे सहमति अक्षरसः पालना गर्न समेत खबरदारी गरेका छन् ।

त्यसैगरी धर्ना कार्यक्रममा बोल्दै गोरखा जिल्ला सदस्य विष्णु रिजालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच भएको तीन बुँदे सहमतिमा सरकार गम्भीर नरहेको भन्दै उक्त सहमतिप्रति कटिबद्ध भइ सहमती पालना गर्न र राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न चेतावनी दिएका छन् ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी डोटीले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको जनाइएको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार देशभरीका जिल्ला प्रशासन कार्यालयहरूमा तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै धर्ना दिइएको हो ।

शान्तिपूर्णरूपमा राजनितिक कार्यक्रम गरिरहेको शक्तिलाई सहमति कार्यान्वयन नगरेर युद्धमा धकेल्ने प्रयत्न भइरहेको भन्दै पार्टीले विरोध जनाएको हो । सहमति कार्यान्वयन गरी राजनैतिक एजेण्डाहरूमा वार्ता सम्वाद गर्ने वातावरण निर्माण गर्नुको सट्टा झुट्टा मुद्धा लगाउने क्रम फेरी बढाएको, गिरफ्तार दमन धरपकड बढाएको विरूद्ध देशव्यापी रूपमा धर्ना कार्यक्रमको आयोजना गरिएको र सो कार्यक्रम अन्तर्गत डोटीमा समेत धर्ना दिइएको पार्टी जिल्ला सेक्रेटरी ध्रुव ओलीले जानकारी गराएका छन् । धर्ना कार्यक्रममा जिल्ला इन्चार्ज प्रशान्त, जिल्ला सेकेटरी ध्रुव ओली लगायत जिल्लास्तरका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

तसैगरी, नेपाल कम्युनिष्ट पार्टी कालिकोटले नेपाल सरकार र आफ्नो पार्टी बीच गत फाल्गुन २१ गते भएको ३ बुँदे सहमतिलाई यथासिघ्र कार्यान्वयनका लागि ध्यानाकर्षण गर्न जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गरी ज्ञापनपत्र पेश गरिएको छ । जिल्ला सेक्रेटरी रणदीपको नेतृत्वमा गएको ११ जनाको टोलीले उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण आचार्यसमक्ष पेश गरेको थियो । ज्ञापनपत्रमा अघिल्लो केपी ओली सरकारसँग गरिएको तीन बुँदे सहमति व्यक्तिसँग नभइ संस्था वा राज्यसँग गरिएकाले वर्तमान सरकारले कुनै पनि बहानामा विनासर्त जेलमा रहेका राजबन्दीहरुको रिहा, झुठ्ठा मुद्दा खारेज र सहमतिको पालनामा जोड दिएको छ । ज्ञापनपत्रमा भनिएको छ— आफ्नो पार्टी हालको अवस्थासम्म ३ बुँदे सहमति कार्यान्वयनमा इमान्दार छ तथापी सरकारी पक्ष उदासिन भए फेरि नेपालको राजनीतिले नयाँ मोड लिन सक्नेछ । जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here