फ्रान्सले युईएफए नेशन्स लिगको उपाधि उचाल्याे

62
एजेन्सी । विश्व विजेता फ्रान्सले युईएफए नेशन्स लिग फुटबलको पनि उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा स्पेनलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्सले उपाधि उचालेको हो।

फ्रान्सलाई उपाधि दिलाउने क्रममा करिम बेन्जेमा र किलियन एमबाप्पेले एक एक गोल गरे। स्पेनका मिकेल ओयार्जाबलले पहिलो गोल गरेका थिए।

खेलको ६४ औं मिनेटमा मिकेलले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। तर, खेलको ६६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याए।

खेलको ८० औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-१ को जित दिलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here