काठमाडाैं । प्रहरी चौकी कोठियाघाटको नवनिर्मित ६ कोठे पक्की भवन, दुर्गा मन्दिर र भान्छा घर असाेज २५ गते मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्रीज्यू र यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीज्यूबाट संयुक्त रुपमा समुद्घाटन सु-सम्पन्न भएकाे छ ।
उक्त प्रहरी चौकीको भवन निर्माणमा मधुवन नगरपालिका, मधुबन नगरपालिका वडा नं. १,२,३, बड्घरहरु, ईलाका प्रहरी कार्यालय ढोढरी लगाएतका प्रहरी कर्मचारीहरु, स्थानिय ब्यवसायी, समाजसेवी, बुद्दिजिबी, सामुदायिक वन उपभोक्ता समिति, लगाएतको आर्थिक, भौतिक तथा श्रम सहयोग उल्लेखनिय रह्याे ।


















