काठमाडौं । देशका पहाडी क्षेत्रमा आंशिक बदली भई अरु भूभागको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ। पहाडी भूभागमा आंशिक बदली रही अहिले बाँकी क्षेत्रमा सामान्यतया सफा रहेको छ।
बिहीबार दिउँसो प्रदेश १ , प्रदेश २, बागमती प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
यस्तै राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

















