विप्लव नेकपाका  केन्द्रीय सदस्य चन्द्र विक्रम चन्द ‘विरजंग’ को निधन

128

काठमाडाैं  । विप्लव नेकपाका  केन्द्रीय सदस्य चन्द्र विक्रम चन्द ‘विरजंग’ को निधन भएको छ ।

लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेकाे उहाँ भारतको दिल्लीस्थित म्याक्सिस अस्पतालमा विहान निधन भएको नेकपाको एक श्रोतले जनायो । केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा हुनुभएका उहाँकाे कारागारमा पटक–पटक अस्वस्थ भएर अस्पतालमा उपचार गरिएकाे थियाे ।

उहाँ नेकपाका महासचिव नेत्र विक्रम चन्दका सहोदर जेठा दाजु हुनुहुन्छ । राेल्पामा जन्मनुभएका उहाँ पछिल्लाे समयदेखि बसाइसराइ गरेर कपिलवस्तु जिल्लाकाे शिवराज गढीमा बस्दै भएकाे थियाे ।  ६१ वर्षीय उहाँकाे दुई छोरा र एक श्रीमती छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here